यस्तो छ आजको मौसम पूर्वानुमान

२०८२ कार्तिक १७ सोमवार
सारांश
  • जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ र हाल कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको जनाएको छ ।

काठमाडौँ, १७ कार्त्तिक । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ र हाल कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको जनाएको छ ।

 

त्यस्तै बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।

 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

 

त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा

यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।

थप समाचार