- संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दवाव, प्रभाव, डर, त्रास वा धम्कि नदिन समेत सचेत गराएको छ ।
काठमाडौँ, १७ कार्त्तिक । नेपाल नर्सिङ संघ सरकारसँग भएको सहमतिबाट पछि हटेको छ । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राख्दै ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक वाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापीरुपमा ठप्प पार्ने घोषणा गरेको छ ।
संघले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुदा नम्बर १ मा सरकारी सरह न्युनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भएता पनि बाँकि बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ ।
संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दवाव, प्रभाव, डर, त्रास वा धम्कि नदिन समेत सचेत गराएको छ । त्यसैगरी आन्दोलनका कारण विरामीलाई पर्न जाने प्रत्यक्ष अप्रत्यक्ष असर र अन्य असुविधा प्रति क्षमायाचना गर्दै यसवाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्वन्धित स्वास्थ्य संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’