बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट सडक सुचारु हुने

२०८२ कार्तिक १६ गते आइतवार
सारांश
  • शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए ।

रामेछाप : वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ ।

 

शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए ।

 

मौसम खुलेकाले आज पनि बिहानदेखि नै सडक सफा गर्ने काम सुरु भएको उनले बताए । अहिले बिपी राजमार्ग चारसय बेसिकोको पहिरो पन्छाउने काम भइरहेको छ । यसै गरी पिप्ले माथि पनि सडक सफा हुँदै गर्ने काम सुरु भएको छ । मौसमले साथ दिए आज दिउँसोसम्म सडक सफा भएर यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

 

बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिका स्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध गरेको छ । त्यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ । बिपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पु¥याउँदै आएको छ । सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका छन् भने केही वैकल्पिक बाटो प्रयोग गरी काठमाडौं गएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार