धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु
२०८२ कार्तिक १६ गते आइतवार
- विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
धनुषा :धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’