घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति

२०८२ कार्तिक १६ गते आइतवार
सारांश
  • आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद तथा गहनलगायत सम्पूर्ण सामानहरू जलेर पूर्णरुपमा क्षति भएको पीडितले बताए ।

रामेछाप : रामेछाप नगरपालिका–३, लक्ष्मिबास महत टोलका खटबहादुर महतको घर गए राति आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।

 

आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद तथा गहनलगायत सम्पूर्ण सामानहरू जलेर पूर्णरुपमा क्षति भएको पीडितले बताए । घर जलेपछि बस्ने बास र खाने कुराको समेत सङ्कट भएको उनले जानकारी दिए ।

 

पीडित परिवारले उद्धार, राहत र बसोबासको व्यवस्था मिलाइदिनुहुन सम्बन्धित सबै निकायहरूमा अनुरोध गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार