दाङ, महोत्तरी र झापाबाट जुवातास खेलिरहेका २६ जना पक्राउ
२०८२ कार्त्तिक १४ शुक्रवार
- दाङको घोराही उपमहानगरपालिका-१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ : दाङ, महोत्तरी र झापाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका-१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिरस्थित जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रूपैयाँ र २६ थान कौडा सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’