- विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान डाइभर्ट भएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ ।
काठमाडौँ : मौसम खराब भएपछि हवाई उडान प्रभावित भएको छ । विहिबार बिहानद्केही परेको झरीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान डाइभर्ट भएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । शेर्पाका अनुसार काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान विराटनगरनै डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा तर्फनै डाइभर्ट भएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ भने इण्डिगो एयर र एयर इण्डियाको विमान क्रमश: दिल्ली र लखनऊ डाइभर्ट भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव शनिबार सम्म रहने बताएको छ । विभागले शनिबारसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने र उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’