अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै
२०८२ कार्त्तिक १२ बुधवार
- कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको र क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ ।
काठमाडौं :सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ ।
९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकोप्टर बिहान ७ः४१ बजे लुक्लाबाट लोबुचेका लागि उडेको थियो र अवतरणको क्रममा बिहान ७ः५२ बजे दुर्घटनामा परेको थियो ।
कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको र क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ । अन्य यात्रु तथा चालकबाहेक कोही नभएको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले घटनासम्बन्धी सत्यतथ्य जानकारीका लागि पुष्टि भएका समाचार मात्र प्रचार गरेकोमा जोड दिँदै थप विवरणका लागि सर्तक रहन अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।