मनाङमा पदयात्रा तथा हिमाल आरोहण नगर्न प्रशासनको आग्रह

२०८२ कार्त्तिक ११ मङ्गलवार
सारांश
  • बुधबार बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडि तथा हिमाली भू-भागमा वर्षा तथा भारि हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न जिल्ला सुरक्षा समिति मनाङले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ ।

मनाङ : मनाङ प्रशासनले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ ।

 

बुधबार बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडि तथा हिमाली भू-भागमा वर्षा तथा भारि हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न जिल्ला सुरक्षा समिति मनाङले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय मनाङले भनेको छ : 

जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मनसुन बुलेटिन अनुसार २०८२-०७-१० गते राति देखि २०८२-०७-१२ गते बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडि तथा हिमाली भू-भागमा वर्षा तथा भारि हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न/नगराउनुहुन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुमा हार्दिक अनुरोध गर्दछ । साथै, पर्यटकहरुलाई आफु बसकै स्थानमा सुरक्षित बस्नुहुन तथा यस जिल्लामा तत्कालको लागि पदयात्रा / हिमाल आरोहणका लागि ननिस्किनुहुन समेत सबैमा अनुरोध छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार