काठमाडौँका छठ घाटमा महानगरले गर्यो सरसफाइ

२०८२ कार्त्तिक ११ मङ्गलवार
सारांश
  • महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ ।

काठमाडौँ : सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।

 

यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरेको छ ।

 

महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ । 

सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसघि नै व्यापक तयारी गरेको थियो ।

जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलहरूमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।

 

छठ पर्वलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ । आमाको ममता, परिवारको समर्पण र सामाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गर्ने धार्मिक विश्वास स्थापित गरेको पाइन्छ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले उपासनास्थल व्यवस्थापन, सजावट र सरसफाइलाई प्राथमिकतामा राख्दै कार्य सम्पन्न गरेको छ । महानगरको सक्रियताले भक्तजनहरूले स्वच्छ र सौन्दर्यपूर्ण वातावरणमा सूर्य उपासना सम्पन्न गरेका थिए । 

 

Single Image

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार