हिमपात परेपछि अन्नपूर्ण बेसक्याम्प जान रोक

२०८२ कार्त्तिक ११ मङ्गलवार
सारांश
  • जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेसक्याम्पमा हाल हिमपात शुरु भइसकेको जानकारी दिदै शुक्रबार बेलुकासम्म त्यसतर्फ जान रोक लगाइएको जानकारी दिएको हो ।

म्याग्दी: ठुलो हिमपात भएपछि शुक्रबार बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान रोक लगाइएको छ ।

 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेसक्याम्पमा हाल हिमपात शुरु भइसकेको जानकारी दिदै शुक्रबार बेलुकासम्म त्यसतर्फ जान रोक लगाइएको जानकारी दिएको हो ।

 

अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा अहिले ठुलो हिमपात परेको र केहि पर्यटक रोकिएको भन्दै त्यसतर्फ सुरक्षाकर्मी परिचालन समेत गरिएको बताइएको छ ।

 

प्रशासनले भने म्याग्दी जिल्लास्थित उच्च पहाडी तथा हिमाली भेग हिमपात हुने संभावित क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, म्याग्दी जिल्लाका पर्यटकीय स्थल (अन्नपुर्ण वेशक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरी पदमार्ग, मोहरेडाँडा आदी) लगायतमा पदयात्राको लागि आवातजावत गर्ने पर्यटक तथा पर्यटन व्यवसायी र पदयात्रीहरू साथै काम विशेषले त्यस क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी नागरिकहरू सबैले आफु रहेको एवम् यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था, बसोबासको व्यवस्था ख्याल गरी सुरक्षित भई बस्न तथा यात्रा तय गर्न अनुरोध गरको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार