काठमाडौंमा ट्राफिक सचेतना कक्षा पुन: सञ्चालन हुने

२०८२ कार्त्तिक १० सोमवार
सारांश
  • कार्यालयका अनुसार कात्तिक ११ (मंगलबार) देखि रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा सचेतना कक्षा सञ्चालन हुने छ ।

काठमाडौँ, १० कार्त्तिक । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति उल्लङ्घन गर्ने तथा सडक लेन तोडफोडजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि ट्राफिक सचेतना कक्षा पुन: सञ्चालन गर्ने भएको छ ।

 

कार्यालयका अनुसार कात्तिक ११ (मंगलबार) देखि रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा सचेतना कक्षा सञ्चालन हुने छ ।

 

कक्षा सार्वजनिक बिदा बाहेक प्रत्येक दिन निम्न समयमा सञ्चालन गरिनेछ ।

 

१. बिहान ९ः०० देखि १०ः०० बजे
२. बिहान १०ः३० देखि ११ः३० बजे
३. दिउँसो १२ः०० देखि १ः०० बजे
४. दिउँसो १ः३० देखि २ः३० बजे
५. दिउँसो ३ः०० देखि ४ः०० बजे

 

शुक्रबारका दिन भने बिहान ९ः०० देखि दिउँसो २ः३० बजेसम्म मात्र कक्षा सञ्चालन हुने जनाइएको छ ।

 

यसबाहेक, कार्यालय समयमा उपस्थित हुन असहज हुने सेवाग्राहीहरूको सहजताका लागि हरेक शनिबार बिहान १०ः०० देखि १२ः०० बजेसम्म दुईवटा अतिरिक्त कक्षा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

 

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनिवार्य रूपमा सचेतना कक्षामा सहभागी हुन आग्रह गरेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार