बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल कछुवा तालमै
२०८२ कार्त्तिक ०९ आइतवार
- निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेको छ ।
बाजुरा : बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको छ । मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको हो ।
निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेको छ ।
सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अवस्थामा छ ।
मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत सदरमुकाम मार्तडी जोड्ने आरसिसि व्रिज निर्माण सम्झौता भएको पाँच बर्षसम्म पाँच प्रतिशत समेत काम हुन सकेको छैन ।
ठेकेदारको चरम लापरवाहीका कारण निमार्णधिन पुल अलपत्र अवस्थामा परेको हो । निमार्ण कार्यको म्याद पटकपटक थप्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । लामो समयसम्म पनि पुल निमार्ण नहुँदा यहाँका स्थानियहरुले सास्ती खेप्दै आईरहेका छन् भने यातायातका साधनहरुलाई पनि बर्षातको समयमा आवतजावत गर्न निकै समस्या हुँदै आएको छ ।
२०७९ फागुन १५ भित्र मोटरेबल पुल निर्माण सक्ने गरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो ।
तर निमार्णको जिम्मा लिएको करिब पाँच बर्ष बितिसक्दा पनि निमार्ण कार्य सम्पन्न हुन नसक्दा उक्त निमार्णधिन पुल अलपत्र अवस्थामा परेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’