छठ पर्वका लागी रौतहट प्रहरीको विशेष सुरक्षा योजना

२०८२ कार्त्तिक ०८ शनिवार
सारांश
  • जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार छठघाटमा अवाञ्छित तथा आपराधिक घटना हुन नदिन सादा पोसाकमा पुरुष तथा महिला प्रहरी परिचाल गरिने छ ।

रौतहट, ८ कार्त्तिक । छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न रौतहट प्रहरीले विशेष कार्य योजना बनाएको छ ।

 

छठ पर्व मनाईने जलाशय क्षेत्रमा प्रहरी परिचालन गरिने र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिने भएको छ । यहाँका महत्त्वपूर्ण र बढी भिड हुने तथा भक्तजनहरूको बढी चाप हुने छठ घाटको पहिचान गरी प्रहरीले निगरानीमा राखेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार छठघाटमा अवाञ्छित तथा आपराधिक घटना हुन नदिन सादा पोसाकमा पुरुष तथा महिला प्रहरी परिचाल गरिने छ । छठ पर्वमा प्राय परिवारका सबै सदस्यहरूले साँझपख वा बिहानीपखमा छठ माताको आर्शिवाद दर्शन तथा अवलोकन गर्न आउनेहरूको सङ्ख्या उल्लेखनिय हुने भएकाले सुरक्षा व्यवस्था कडा परिएको रौतहट प्रहरीले जानकारी दिएकोे छ । 


छठ पूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिसँग समन्वय र सहकार्य गरी सुरक्षा व्यवस्था मिलाउन जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यहाँको सुरक्षा व्यवस्था छठ पूजा समितिले आफ्नै स्वयम् सेवकबाट पनि गराउने गरेको छ ।

 

सूर्य उपासना अर्थात् सूर्य देवको पूजा गरी अत्यन्त निष्ठा र उत्साहका साथ नदी पोखरी र अन्य जलाशयको डिलमा (किनारमा) मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको हो । छठ अवधिभरि एम्बुलेन्स, वारुण यन्त्र तयारी अवस्थामा रहने र केहि छठ घाटमा सिसिटिभीबाट पनि निगरानी गरिने जनाईएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार