- काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।
काठमाडौँ : प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०९ जना पक्राउ परेका छन् ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-११ बस्ने ५६ वर्षीय एक बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा एक बहादुर समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० ओदान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही नगरपालिका-५ बस्ने ५३ वर्षीय वासु रिमाल समेत १० जनालाई गएराति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने दिपक विकको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७३ हजार ४ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-२६ बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ बुढिबजार बस्ने ४४ वर्षीय हेम बहादुर रानाभाट समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका हरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार २ सय ५ रूपैयाँ र १४ थान कौडा सहित पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-२ लालमटियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय नरेश बुढा समेत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ७ सय ९५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने टोप बहादुर थापाको घर जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
स्याङ्जा, गल्याङ नगरपालिका-१ मालुङ्गा बस्ने ५० वर्षीय गणेश बस्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय हिक्मत सिँह रावल समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार २ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।