सामाजिक सुरक्षा भत्ता लिन सडकसम्म लाम, सेवाग्राही निराश
३१ असोज, २०८२, शुक्रवार
- चन्द्रपुर नगरपालिकाले वर्डा नम्बर १ को सेन्टर फाइनान्स लिमिटेड, वार्ड नम्बर २ ले ज्योति बिकास बैंक, वार्ड नम्बर ३ को कृषि बिकास बैंक, वार्ड नम्बर ३ को नेपाल एसबिआइ बैंक, वर्डा ५ को कुमारी बैंक ६ को लुम्बिनी बिकास बैंक ७ को प्रभु बैंक, ८ को महालक्ष्मी बिकास बैंक ९ को एभरेष्ट बैंक र १० को सेन्टर फाइनान्स लिमिटेडबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ ।
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बितरण गर्न थालेपछि लाभग्राही मर्कामा परेका छन् ।
चन्द्रपुर नगरपालिकाले वर्डा नम्बर १ को सेन्टर फाइनान्स लिमिटेड, वार्ड नम्बर २ ले ज्योति बिकास बैंक, वार्ड नम्बर ३ को कृषि बिकास बैंक, वार्ड नम्बर ३ को नेपाल एसबिआइ बैंक, वर्डा ५ को कुमारी बैंक ६ को लुम्बिनी बिकास बैंक ७ को प्रभु बैंक, ८ को महालक्ष्मी बिकास बैंक ९ को एभरेष्ट बैंक र १० को सेन्टर फाइनान्स लिमिटेडबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ ।
तर वृद्धभत्ता लिन खर्च गरेर बैंकसम्म पुग्नुपर्ने र सहज तरिकाले नपाउने गरेको गुनासो सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको छ । पछिल्लो समयमा भत्ता लिन स्वयं भत्तावाल नै उपस्थित हुनुपर्ने नियमले गर्दा उनीहरू समस्यामा परेका हुन् ।
कतिपयका छोराछोरी वा नाति नातिनी साथमा लिएर आएपनि भत्ता लिन सहज नभएको चन्द्र्पुरका स्थानीय चिरञ्जीवी गौतमले बताए । यहाँका बैंकसम्म भत्ता लिन आएका आमाबुवालाई बस्ने सुबिधा नहुँदा सडकसम्म लाम लागेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।
सेन्टर फाइनान्स लिमिटेडमा बिहान १० बजे भन्दा अगाडि नै भत्ता लिन बैंक आइपुगेका वृद्धवृद्धाहरुको लाम देखेर निराश भएको उनले बताए । उनका अनुसार वृद्धवृद्धाहरुलाई आरामले बस्ने र छिटोछिटो दिने व्यवस्था गर्नुपर्ने उनले माग गरे ।
कतिपय वृद्धवृद्धा शारीरिक रुपमा कमजोर भएकाले लामो समयसम्म उभिन वा सडकमा बस्न कठिनाइ भएको बताइन्छ । स्थानीय नागरिक र सामाजिक कार्यकर्ताहरूले वृद्धभत्ता वितरण कार्य मानवीय दृष्टिले सहज र सम्मानजनक बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले बैंकभित्र बस्ने र छिटोछिटो दिने व्यवस्था गर्न आफूले बैंकसँग समन्वय गरिरहेको बताए ।
आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन आवश्यक पूर्वतयारी र व्यवस्थापन गरिने उनको भनाइ छ । पालिकाले आवश्यक कागजका आधारमा वडा स्तरबाट नै भत्ता वितरणको कार्य गरे सजिलो हुने देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’