तिहारको मुखमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता, स्थानीय खुशी
२०८२ असोज ३१ शुक्रवार
- भत्ता लिन पहिला बैकंमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी भएका हुन् । यस पटक वडा कार्यालयमा पालिकाका कर्मचारी र बैंकका कर्मचारी आएर भत्ता बितरण गर्दा निकै सहज भएको कनका सुन्दरी गाँउपालिका–७ का धन बहादुर कार्कीले बताए ।
मुगु : तिहारको मुखमा मुगुको कनका सुन्दरी गाँउपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय खुशी भएका छन् । १ देखि ८ वडामा रहेका वडा कार्यालय पुगेर भत्ता वितरण गर्दा सेवाग्राही खुशी भएका हुन् ।
भत्ता लिन पहिला बैकंमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी भएका हुन् । यस पटक वडा कार्यालयमा पालिकाका कर्मचारी र बैंकका कर्मचारी आएर भत्ता बितरण गर्दा निकै सहज भएको कनका सुन्दरी गाँउपालिका–७ का धन बहादुर कार्कीले बताए ।
भत्ता लिनका लागि बैंकमा लाइन बस्नुपर्ने, दुई घण्टासम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भएको तर यस बर्ष पहिलो चौमासिक भत्ता तिहारको अगाडि वडा कार्यालयबाटै पाउँदा खुशी लागेको वडा नम्बर ३ गौरीगाँउका कल्चु बुढाले बताए ।
पालिकाभित्र रहेका वडाबस्ती बैंक रहेको केन्द्रसम्म पुग्न आधा घण्टादेखि पाँच घण्टासम्म लाग्ने गरेको एकल, ज्येष्ठ, अपागंता, असाहय महिलालगायतलाई सहज भएको छ ।
तीन हजार १ सय ७५ लाभग्राहीको बैंक खातामा जम्मा गरिएको रकम कुमारी बैंकको सहजीकरणमा १ करोड ८५ लाख ८८ हजार ४ सय ७५ रुपैया बितरण गरिएको कनका सुन्दरी गाँउपालिका एमआइएस अपरेटर दिपेन्द्र प्रसाद उपाध्यायले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।