पुनर्निर्माण गरिएको जिरी माध्यमिक विद्यालय चिनियाँ राजदुतबाट हस्तान्तरण
२०८२ असोज ३० बिहीबार
- चिनियाँ राजदुत चेन सोंगले विहिबार पुनर्निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरेका हुन् । उनले जिरी माध्यमिक विद्यालय आधिकारिक रूपमा नेपाललाई हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालका युवा पुस्तालाई राम्रो सिकाइ वातावरण प्रदान गर्ने दश उपहार विद्यालय प्याकेजहरू मध्ये यो एक रहेको बताएका छन् ।
दोलखा : चीनले २०७२ साल वैशाखमा गएको विनाशकारी भुकम्पले पूर्णरूपमा ध्वस्त बनेको जिरी माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ ।
चिनियाँ राजदुत चेन सोंगले विहिबार पुनर्निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरेका हुन् । उनले जिरी माध्यमिक विद्यालय आधिकारिक रूपमा नेपाललाई हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालका युवा पुस्तालाई राम्रो सिकाइ वातावरण प्रदान गर्ने दश उपहार विद्यालय प्याकेजहरू मध्ये यो एक रहेको बताएका छन् ।
हाटडाँडामा अवस्थित जिरी माध्यमिक विद्यालयमा चीन सरकारले १ अर्ब ३९ करोड ३८ लाख ५२ हजार लगानी गरेर पुनर्निर्माण गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माण हुन करिब एक दशक पछि भए पनि विद्यालयले ढिलो भएपनि जिल्लामै उत्कृष्ट र सुविधायुक्त कक्षा-कोठा सहितको विद्यालय भवन पाएको हो । चाइना एडमार्फत निर्माण गरिएको विद्यालय परिसरमा कुल ७ वटा आधुनिक भवन रहेका छन् । ती भवनमा ४१ वटा कक्षा कोठा, छात्र तथा छात्रावास, शिक्षक आवास, सभा हल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याब, नृत्य कक्ष, चित्रकला कोठा र चमेनागृह रहेका छन् ।
२०८० साल वैशाख ४ गते शिलान्यास गरिएको उक्त विद्यालयको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न भएको हो । नयाँ कक्षा कोठामा विद्युतीय बोर्ड, पावर सर्किट, पर्याप्त उज्यालो, र प्रत्येक विद्यार्थीका लागि डेस्क-बेञ्चको व्यवस्था गरिएको छ । भवन जिरीको भौगोलिक तथा मौसमीय अवस्थालाई ध्यानमा राखी निर्माण गरिएकोले सुविधासम्पन्न मात्र नभई पर्यावरणमैत्री समेत छ ।
चीन सरकारको अनुदान सहयोग निर्माण सम्पन्न उक्त भवनले पर्यटकीय नगर जिरीलाई शैक्षिक हवको रूपमा चिनाउने अनुमान गरिएको छ ।
विद्यालयमा हाल कक्षा १२ सम्म ५ सय ११ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दोलखाका अधिकांश पालिकाका साथै काठमाडौं, रामेछाप र सोलुखुम्बु लगायत जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । विद्यालयसँग तीन सय रोपनीभन्दा बढी जग्गा भएकाले होस्टेलमा बस्ने विद्यार्थीका लागि तरकारी उत्पादनदेखि ‘कमाउँदै पढ्ने’ अभियान सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।