- मिडिया रिपोर्टका अनुसार, पंकज धीर लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । उनले पहिले क्यान्सरलाई जितेका थिए, तर केही समयपछि यो फेरि फर्किएको थियो ।
काठमाडौँ : भारतका चर्चित फिल्म निर्माता बीआर चोपडाले बनाएको 'महाभारत' मा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । पंकजको बुधबार मुम्बईमा निधन भएको हो ।
मिडिया रिपोर्टका अनुसार, पंकज धीर लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । उनले पहिले क्यान्सरलाई जितेका थिए, तर केही समयपछि यो फेरि फर्किएको थियो ।
महाभारतमा कृष्णको भूमिका निर्वाह गर्ने अभिनेता नितीश भारद्वाजले एक पोस्टमा आफ्नो शोक व्यक्त गरेका छन् । पंकज धीरको फोटो सेयर गर्दै उनले लेखेका छन्- 'एक दिन हामी सबैले यो संसार छोडेर जानुपर्छ, तर अझ महत्त्वपूर्ण कुरा के हो भने हामीले यस्तो जीवन बिताउनु पर्छ जहाँ संसारले हामीलाई प्रेम र सम्मानका साथ सम्झोस् । 'महाभारत' टोलीले अर्को बहुमूल्य रत्न गुमाएको छ, एक संवेदनशील, बलियो व्यक्तित्व, हास्यको उत्कृष्ट भावना र सुनको हृदय भएको कलाकार । भारतीय साहित्यिक सम्पदाको पहिलो 'क्रोधित युवा' अब हामीसँग छैन । हामी भगवानसँग प्रार्थना गर्छौं, उनको आत्माले मुक्ति र अनन्त शान्ति प्राप्त गरोस् ।'
धीरले सनम बेवफा, बादशाह जस्ता फिल्मदेखि चन्द्रकान्त र ससुराल सिमरका जस्ता टिभी सिरियलमा समेत काम गरेका थिए । उनले अभिनय एकेडेमी पनि स्थापना गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।