स्वदेश फर्किए विपिन जोशीका आमा र बहिनी

२०८२ असोज ३० बिहीबार
सारांश
  • विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू निराश हुँदै स्वदेश फर्किएका हुन् ।

काठमाडौं : विपिन जोशीको रिहाइका लागि आवाज उठाउन अमेरिका पुगेका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । उनीहरू बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

 

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू निराश हुँदै स्वदेश फर्किएका हुन् । हमासले विपिजई किबुल आलुमिमबाट २०८० असोज २३  गते अपहरण गरेको थियो ।  उनी अपहरण परेको केही समयसम्मको जीवित भीडियो केही समयअघि सार्वजनिक भएको थियो ।

 

हमासले आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धक र विपिनसहित केही मृतक बन्धकहरूको शव इजरायललाई बुझाएको छ । विपिनको शव नेपाल आउन केही समय लाग्ने जनाइएको छ ।

 

उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए । कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन घाइते भएर अपहरणमा परेका थिए । अपहरणमा परेको केही समयमै उनको मृत्यु भएको इजरायली सेनाले प्रारम्भिक जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार