- विपिनलाई २३ वर्षको उमेरमा हमासले किबुट्ज अलुमिमको आश्रयस्थलबाट अपहरण गरेको थियो । युद्धको पहिलो महिनामा नै उनको हत्या गरिएको आकलन इजरायली सेनाले गरेको छ ।
काठमाडौँ : इजरायली सेनाले विपिन जोशीको शव आफुहरुले बुझेको पुष्टि गरेको छ । इजरायली सेनाले डिएनए परिक्षणपछि विपिन जोशीको शव हमासबाट बुझेको पुष्टि गरेको हो ।
यस विषयमा सेनाले परिवारलाई जानकारी गराएको समेत उल्लेख गरेको छ । साथै विपिनसहित अर्का बन्धक गाय इलुजको शव पनि प्राप्त गरेको पुष्टि भएको छ ।
विपिनलाई २३ वर्षको उमेरमा हमासले किबुट्ज अलुमिमको आश्रयस्थलबाट अपहरण गरेको थियो । युद्धको पहिलो महिनामा नै उनको हत्या गरिएको आकलन इजरायली सेनाले गरेको छ ।
इजरायलको राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’