हमासले दियो विपिनसहित चार मृत बन्धकको शव हस्तान्तरणको जानकारी
२०८२ असोज २७ सोमवार
- २८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिने हमासले जानकारी दिएको छ ।
काठमाडौँ: हमासले विपिन जोशीसहित चार मृत बन्धकहरूको शव हस्तान्तरण गरिने जानकारी दिएको छ ।
हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूको नाम सार्वजनिक गर्दै विपिनसहित चार बन्धकको शव सोमबार हस्तान्तरण गर्ने जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ ।
चार जनामा विपिन जोशीसहित इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेका छन् ।
२८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिने हमासले जानकारी दिएको छ ।
अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टा भित्र बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने थियो तर हमासले त्यसको अवज्ञा गरेको भन्दै आलोचना गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।