विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा नगरपालिकाका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर
२०८२ असोज २६ आइतवार
- अख्तियार नगरपालिकाको ठेक्काको विज्ञापन प्रकाशित गर्दा २ लाख ५७ हजार ९७० रकम अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशाकीय अधिकृत, लेखापा र रौतहट एडभरटाइजिङ एजेन्सीका संचालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियार नगरपालिकाको ठेक्काको विज्ञापन प्रकाशित गर्दा २ लाख ५७ हजार ९७० रकम अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
उनीहरुले राष्ट्रिय दैनिक पत्रिकामा ठेक्काको सुचना प्रकाशित गर्नुपर्नेमा सिटी पोष्ट दैनिक जस्तो देखिने सिमित प्रति प्रकाशित गरेर सूचना लुकाएको अख्तियारले आरोप लगाएको छ ।
अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ र लेखापाल रामबलम प्रसाद तथा रौतहट एडभरटाइजिङ्ग एजेन्सीका सञ्चालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।