- मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ ।
काठमाडौँ, २४ असोज । आज विश्व मानसिक स्वास्थ्य दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । 'मानविय संकटमा मानसिक स्वास्थ्य वा सेवामा पहुँच: विपद् र आपत्कालीन अवस्थाहरूमा मानसिक स्वास्थ्य' भन्ने नाराका साथ यस बर्षको विश्व मानसिक स्वास्थ्य दिवस मनाइदैछ ।
मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संगठनले जनाएको छ । बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव लगायत समस्याले नेपालमा पनि मानसिक रोगीको संख्या हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई स्वास्थ्य कार्यक्रमभित्रै पनि जनस्वास्थ्यसँग समाहित गरिएको छैन । मानसिक रोगको आकलन, बिमारी र तिनका अभिभावकलाई सहजीकरण र भरथेग गर्ने, उपचार गर्ने जनशक्ति तथा समाजिक सेवाकर्ता अत्यन्तै कम छन् ।
संयुक्त राष्ट्रसंघले यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाका बारेमा चेतना जगाउने काम गरेको दाबी गरिरहेको छ । मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो दिवस मनाउँदै आएका छन् । मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या, उपचारात्मक, प्रतिरोधात्मक तरिका, संवेदनात्मक सहयोग, प्राथमिक उपचारका बारेमा जनचेतना फैलाउनका लागि यो दिवस मनाईदै छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।