
- राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ ।
राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ ।
आज कुल ३१३ स्टकको १ करोड १८ लाख ३० हजार ७७ रुपैयाँ बराबरको ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधवार भने ५ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीहरु मध्ये २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी, १० कम्पनीको शेयर मूल्यमा कुनै उतारचढाव भएको छैन् ।
यस दिन बिन्ध्यवासीनी हाइड्रोपावर, यशियन हाइड्रोपावर, एमबीएल इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ । बिन्ध्यवासीनी हाइड्रोपावरको शेयर मूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यशिन हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ५.५४ प्रतिशतले बढेर ६६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस्तै, थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ८०० रुपैयाँमा कारोबार भएको छ । भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ५.४३ प्रतिशतले घटेर ६०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपतिले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
-
गाजा युद्धविराम योजना अनुमोदन, सोमबारसम्म बन्धक रिहा हुने
-
शिक्षामन्त्री पुनले सिटीइभिटीको पुर्नसंरचना गर्न कार्यदल बनाउनेसहित गरे पाँच निर्णय
-
आज नोबेल शान्ति पुरस्कारको घोषणा हुदै, ट्रम्पले पाउने सम्भावना कति छ ?
-
एमालेको सचिवालय बैठक आज बस्दै
धेरै पढिएको
विशेष
नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा
यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।