- राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ ।
राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ ।
आज कुल ३१३ स्टकको १ करोड १८ लाख ३० हजार ७७ रुपैयाँ बराबरको ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधवार भने ५ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीहरु मध्ये २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी, १० कम्पनीको शेयर मूल्यमा कुनै उतारचढाव भएको छैन् ।
यस दिन बिन्ध्यवासीनी हाइड्रोपावर, यशियन हाइड्रोपावर, एमबीएल इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ । बिन्ध्यवासीनी हाइड्रोपावरको शेयर मूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यशिन हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ५.५४ प्रतिशतले बढेर ६६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस्तै, थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ८०० रुपैयाँमा कारोबार भएको छ । भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ५.४३ प्रतिशतले घटेर ६०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।