राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई खरिदमा भ्रष्टाचार, १३ जनाविरुद्ध मुद्धा दायर
२०८२ असोज २३ बिहीवार
- अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा गरेको जनाएको छ ।
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।
अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा गरेको जनाएको छ ।
अख्तियारले एमआरआई खरिदमा हालसम्म ९ करोड १९ लाख ५३ हजार ७४२ भुक्तानी गरेको भन्दै सोहि बमोजिमको बिगो दाबि गर्दै मुद्धा दायर गरिएको जनाएको छ ।
प्रतिष्ठानमा एमआरआई खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ देखाइएकोमा खरिदको लागि ११ लाख ४५ हजार कबोल गरिएको देखिएकाले ६२ लाख ६० हजार रकम आर्थिक भार पुर्याएको आरोप लगाएको छ ।
मुद्धा दायर गरिएकाहरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डि.सी., शाखा अधिकृत श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवाली रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।