सुनसरी अदालतमा न्यायिक सेवा पुनः सञ्चालन हुँदै

२०८२ असोज २३ बिहीवार
सारांश
  • गत असोज २४ गतेको घटनापछि अदालत परिसरमा भएको तोडफोड र सुरक्षाजन्य कारणले न्यायिक काम–कारवाही ठप्प भएको थियो । सो घटनाले साप्ताहिक तथा दैनिक पेशीदेखि मुद्दा दर्ता, फैसलासम्मका कार्यहरू प्रभावित बनेका थिए ।

विराटनगर : जेनजी आन्दोलनका क्रममा भएको घटनापछि बन्द रहेका सुनसरी जिल्ला अदालतका सबै सेवा आगामी आइतबार (असोज २६) देखि पुनः सुचारु हुने भएका छन् ।

 

गत असोज २४ गतेको घटनापछि अदालत परिसरमा भएको तोडफोड र सुरक्षाजन्य कारणले न्यायिक काम–कारवाही ठप्प भएको थियो । सो घटनाले साप्ताहिक तथा दैनिक पेशीदेखि मुद्दा दर्ता, फैसलासम्मका कार्यहरू प्रभावित बनेका थिए ।

 

अदालत प्रशासनका अनुसार, आवश्यक मर्मत, सरसफाइ र सुरक्षाको तयारी सम्पन्न भएपछि अब अदालतका सम्पूर्ण सेवा, पेशी र प्रशासनिक कामहरू पुनः सुरु गरिने भएको हो ।

 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुनसरी लगायत कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो । त्यसको असर अदालतको नियमित कामकाजमा पनि परेको थियो ।

 

न्याय सेवामा अवरोध हुँदा मुद्दा परेका पक्षहरू लामो समयसम्म निर्णयबाट वञ्चित भएका थिए । अदालत पुनः सञ्चालनमा आउँदा न्याय खोज्ने सर्वसाधारणले राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार