ट्रायल सेन्टर छनौट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग
२०८२ असोज २३ बिहीवार
- बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ ।
काठमाडौं : मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ ।
बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ ।
ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीले नीति नियम र कानुन विपरित १५ दिने सूचना दिनु सरासर गलत भएको बताए । बुढाथोकीले विनाप्रतिस्पर्धा गुपचुप सेटिङमार्फत एउटा ट्रायल सेन्टरलाई टेण्डर दिन लागेको आरोप लगाएका छन् ।
काठमाडौं ड्राइभिङ्ग स्कूल संघका अध्यक्ष रमेश खत्रीले ‘सुमन ग्रुप अफ ट्रायल सेन्टरलाई’ टेन्डर पार्ने गरि नियम विपरित सूचना निकालेको आरोप लगाए ।
सुमन ग्रुपले आफ्नै ट्रायल सेन्टरले टेन्डर पाउने निश्चित भएको हल्ला गरेको बताउँदै खत्रीले भने, ‘२०८१ मंसिर १९ गते पनि सुमन गु्रपलाई नै पार्ने गरी सेटिङ गरिएको देखिन्छ, अहिले ०८२ असोज १० गतेको सूचना पनि सोही अनुसार निकालिनु आर्थिक चलखेल प्रष्ट छ ।’
यसरी कोही कसैले थाहै नपाउने गरी सार्वजनिक चासोको विषयमा गुपचुप गरी टेन्डर अगाडी बढाइएकाले त्यसलाई रद्द गर्न खत्रिको माग छ ।
खत्रीले एकातिर देशैभरी सवारीचालक अनुमति पत्रलगायतका यातायतसम्बन्धी सरकारी सेवा बन्द भइरहँदा काभ्रे यातायात व्यवस्था कार्यालयले सूचना निकाल्नु बदनियतपूर्ण भएको बताएका छन् ।
ड्राइभिङ्ग स्कूल संघले गरेको सो पत्रकार सम्मेलनमा जेनजी प्रतिनिधी कृष्णमोहन सहनीले संघले यातायात व्यवस्था कार्यालयमाथि प्रश्न उठइसकेपछि टेण्डर प्रक्रिया रद्द गरी तत्काल छानविन गरिनुपर्ने धारणा राखे ।
सहनीले जेनजीको मूल माग नै भ्रष्टाचार मुक्त गर्ने अभियान रहेको हुँदा आफूहरुको पनि सो विषयमा ध्यानाकर्षण भएको बताउँदै भने,‘यसको छानविन गरी दोषिलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।’
ड्राइभिङ्ग संघ काठमाडौं जिल्ला सचिव सरोज बोहोराले पनि अपारदर्शी ढंगबाट बढाइएको टेण्डर प्रक्रिया रद्द गर्न माग गरे ।
बोहोराले अघिल्लो वर्ष खोलिएको टेण्डर सुमन गु्रपले नपाएपछि यस वर्ष पनि उसैलाई दिन आन्तरिकरुपमा मिलेमतो भएको आशंका गर्दै भने,‘दसैं, तिहारको मौका पारेर १५ दिने सूचना, त्यो पनि कहींकतै सार्वजनिक नगर्नु, अघिल्लो वर्ष र यस वर्षका टेण्डर आह्वानका सर्तहरु फेरबदल गरिनुलगायतका विषयले प्रष्ट देखिन्छ कि मिलेमतोमा चलखेल गरी भ्रष्टाचर भएको छ ।’
पत्रकार सम्मेलनमा ड्राइभिङ्ग संघ भक्तपुरका अध्यक्ष राम भाई बानिया र ड्राइभिङ्ग संघ काभ्रेपलाञ्चोक जिल्लाका उपाध्यक्ष रुपेश काफ्लेले सो टेण्डर तत्काल रद्द नगरिए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।