- बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।
सर्लाही : अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पु¥याएको छ ।
बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।
यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ र बलरा नगरपालिका–२ मा सयौं घर डुबानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
‘प्राथमिक उद्धारपछि बाढीग्रस्त क्षेत्रमा अहिले पनि राहत तथा उद्धार कार्य जारी छ,’ प्रहरी नायब उपरीक्षक सरोज राईले भने । उनका अनुसार जिल्लाभर बाढीले अत्यधिक क्षति पु¥याएको छ र विस्तृत विवरण संकलन भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रभावित परिवारलाई अस्थायी राहत शिविरमा राख्ने तयारी भइरहेको बताए ।
उनका अनुसार, लगातारको वर्षाले जिल्लाभर विद्युत् आपूर्ति र सञ्चार सेवामा पनि अवरोध सिर्जना गरेको छ, जसले स्थानीयलाई थप समस्यामा पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।