जेनजी सहीद तथा घाइतेहरुका नाममा मनपरी रकम संकलन, अर्थले गर्यो कडाइ
२०८२ असोज १८ शनिवार
- सूचनामार्फत मन्त्रालयले स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघ संस्थामा जम्मा भइरहेको जानकारी पाएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
काठमाडौं : अर्थ मन्त्रालयले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचना निर्माणका लागि खोलिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषकै खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।
सूचनामार्फत मन्त्रालयले स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघ संस्थामा जम्मा भइरहेको जानकारी पाएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘समानान्तर र अपारदर्शी ढंगले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध छ’, मन्त्रालयले भनेको छ, ‘जेनजी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघसंस्थाहरुमा जम्मा भइरहेको जानकारी प्राप्त भएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘अतः स्वदेश तथा विदेशमा यस प्रयोजनाका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न गराउनुहुन अनुरोध छ’, सूचनामा भनिएको छ ।
सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरी सहयोग आह्वान गरेको पनि स्मरण गराएको छ ।
कोषमा जम्मा हुने रकमबटै राहत र पुनर्निर्माणका साथै जेनजी सहीद तथा घाइते परिवारका प्रतिनिधिहरुसमेतको सहभागितामा समुचित प्रयोग गरिने मन्त्रालयले उल्लेख गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।