- बाढी पूर्वानुमान महाशाखाले शनिबार शनिबार दिउँसो १.५० बजे सम्म देशका सवै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तल रहेको जानकारी दिएको छ । पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको छ ।
काठमाडौँ : वर्षाको मात्रा बढ्दै गएसँगै पर्साको वीरगञ्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ । यी जलमापन केन्द्र आसपास र नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सावधान रहन तथा डुबान हुनसक्ने क्षेत्रबाट उच्च स्थानमा जान अनुरोध गरिएको छ ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले शनिबार शनिबार दिउँसो १.५० बजे सम्म देशका सवै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तल रहेको जानकारी दिएको छ । पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको छ ।
साथै काठमाडौं जिल्ला स्थित बाग्माती जलाधारको जलमपान केन्द्रहरु र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरुको सतह बढ्दो क्रममा रहेको र राती सतर्कता तह पार गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देखि मधेस, बागमती, गण्डकी र लुम्विनी प्रदेश भइ बहने नदीहरुमा बहाब उल्लेख्य बढ्न शुरु हुने र आज राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स-साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
महाशाखाले भोली आइतबार विहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने बताएको छ ।
त्यस्तै आइतबार राती देखि कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने उल्लेख गरेको छ । बाढी र डुवान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी रहेको छ भने कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।