भीषण वर्षाको जोखिम बढेसङ्गै रातको समयमा बिपी राजमार्ग बन्द
२०८२ असोज १७ शुक्रबार
- भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द गरिएको छ ।
रामेछाप, १७ असोज । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ ।
कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सूचनाअनुसार, रोशी खोला तथा अन्य खहरे खोलामा आकस्मिक बाढी आएमा अन्य समयमा पनि प्रहरी वा ट्राफिक प्रहरीले सवारीसाधन रोक्न सक्ने छ । प्रशासनले अनावश्यक रूपमा बाहिर ननिस्कन, विशेष गरी रातको समयमा यात्रा नगर्न, पहिरो जोखिमयुक्त क्षेत्र र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै डुबानको सम्भावना भएका बस्तीलाई अस्थायी सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न स्थानीय तहलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ ।
विपद्को सम्भावनालाई ध्यानमा राखी सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायहरूलाई स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ ।
सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनालाई पनि तुरुन्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिहरू, क्लष्टर लिड र सरोकारवाला संस्थाहरूलाई पनि सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’