कुमारी आर्यतारा शाक्यले लगाइदिइन् सर्वसाधारणलाई दशैंको टीका

२०८२ असोज १६ बिहीवार
सारांश
  • महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो ।

कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई आज दशैंको टीका लगाइदिएकी छन् ।

 

 हनुमानढोकास्थित कुमारीघरमा कुमारी आर्यताराले आज बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी हुन्। जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो । 

 

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार