भीमार्जुनको टिप्पणी : गृहको पत्रले घटना ढाकछोप गर्न खोजेको देखियो

२०८२ असोज १२ आइतवार
सारांश
  • भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएपछि वरिष्ठ अधिवक्ता आचार्यको यस्तो भनाई आएको हो ।

काठमाडौँ : वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले भदौ २४ को घटनामा संलग्नलाई कारवाही गर्न प्रचलित कानुननै पर्याप्त भएको बताएका छन् ।

 

भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएपछि वरिष्ठ अधिवक्ता आचार्यको यस्तो भनाई आएको हो ।

 

जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न  गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दबाब दिएको बुझिएको छ । गृहमन्त्रालयले समेत असोज ९ मा नै भदौ २३ र २४ का घटना बारे जाँचबुझ आयोगको प्रतिवेदनपछि कारवाही गरिने भन्दै सरकारको नियमित संयन्त्रबाट कारवाही नगरिने उल्लेख गरेको छ ।

 

यसैप्रसंगमा वरिष्ठ अभिवक्ता आचार्यले गृहमन्त्रालयको पत्रले घटना ढाकछोप गर्न खोजेको देखियो भन्दै २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही काम लाग्ला तर २४ को मा त प्रचलित कानून नै प्रयाप्त रेहको बताएका छन् ।

 

उनले भनेका छन्-  

 

आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही काम लाग्ला तर २४ को मा त प्रचलित कानून नै प्रयाप्त छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार