हेटौँडामा माउन्टेन डिउ किन्ने ग्राहकलाई मिरिन्डा किन्न बाध्य, उपभोक्ता मञ्चको आपत्ति

२०८२ असोज ११ शनिवार
सारांश
  • अनुगमनका क्रममा ९ बोटलको माउन्टेन डिउको केसमा एक बोटल मिरिन्डा राखेर बिक्री भइरहेको पाइएको छ । उपभोक्ताहरूले आफूले चाहेका मात्र डिउ किन्न सक्दैनन् र बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् ।

हेटौँडा : हेटौँडाको कान्तिराजपथ र भैरवरोड क्षेत्रमा आज भएको बजार अनुगमनका क्रममा माउन्टेन डिउ किन्ने उपभोक्ताहरूलाई अनिवार्य रूपमा मिरिन्डा किन्न बाध्य पारिएको पाइएको छ ।

 

अनुगमनका क्रममा ९ बोटलको माउन्टेन डिउको केसमा एक बोटल मिरिन्डा राखेर बिक्री भइरहेको पाइएको छ । उपभोक्ताहरूले आफूले चाहेका मात्र डिउ किन्न सक्दैनन् र बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् ।

 

उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले भने, ‘डिलरहरूले कम बिक्री हुने मिरिन्डा र स्लाइस जस्ता पेय पदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका छन् । यो कार्य उपभोक्ता अधिकार विपरीत हो ।  जिल्ला प्रशासनले सम्बन्धित डिलरविरुद्ध कारबाही गर्नुपर्नेछ ।’

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दिपक घिमिरेले अनुगमनका क्रममा माउन्टेन डिउमा मिरिन्डा अनिवार्य राखिएको पुष्टि गरे । तर, कार्यालयको अधिकार खाद्य पदार्थको गुणस्तर, म्याद, र लेबल जाँचमा सीमित भएकाले यस विषयमा कारबाहीको निर्णय छलफलपछि मात्रै अघि बढाइने उनले बताए ।

 

चाडपर्व लक्षित संयुक्त बजार अनुगमनका क्रममा कान्तिराजपथ, भैरवरोडका खाद्यान्न पसल र मिठाई पसलहरूमा समेत यस्तै स्थिति पाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार