तुईन खोला पुल नजिक एकतर्फी संचालनमा, लेन अनुशासन पालना गर्न आग्रह

२०८२ असोज ०६ सोमवार
सारांश
  • मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी संचालनमा आएको छ ।

काठमाडौँ, ६ असोज । मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी संचालनमा आएको छ ।

 

गत शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक आइतबार अपराहन्नदेखि एकतर्फी खुलेको थियो । पहिरोको जोखिम भएपछि गएराती बन्द गरिएको सडक बिहान ५ बजेदेखि एकतर्फी सुचारु भएको थियो ।

 

सडक डिभिजन कार्यालय भरतपुरले अहिले तुईन खोला पुल नजिकै मात्र सडक एकतर्फी  संचालनमा रहेको जनाएको छ भने अन्य स्थानमा दुई तर्फी संचालनमा रहेको छ ।

 

डिभिजन कार्यालयले सवारीसाधन आफ्नो लेन अनुशासनमा रहि चलाउन अनुरोध गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार