हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग

२०८२ असोज ०२ बिहीवार
सारांश
  • एक समारोहकाबीच हिलटेक समूहले यस सहयोगको घोषणा गर्दै नेपालको पुनर्निर्माण तथा विकास यात्रामा आफ्नो निरन्तर समर्थन रहने स्पष्ट पारेको छ ।

काठमाडौं : सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ ।

 

एक समारोहकाबीच हिलटेक समूहले यस सहयोगको घोषणा गर्दै नेपालको पुनर्निर्माण तथा विकास यात्रामा आफ्नो निरन्तर समर्थन रहने स्पष्ट पारेको छ ।

 

समारोहमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको उपस्थिति रहेको थियो ।

 

सन् १९९२ देखि पाइप तथा पानी ट्याङ्की निर्माण गर्दै आएको हिलटेक समूहले विगत तीन दशकदेखि सडक डिभाइडर, डस्टबिन लगायतका सामग्रीहरू पनि सामाजिक सहयोग स्वरूप देशका विभिन्न स्थानमा उपलब्ध गराउँदै आएको छ ।

 

धार्मिक पर्यटन प्रवद्र्धनमा समेत समूहले विशेष योगदान दिँदै आएको छ । भक्तपुरको साँगास्थित विश्वकै अग्लो १४३ फिटको कैलाशनाथ महादेव मूर्ति र पोखराको पुम्डिकोटमा रहेको ५० फिट अग्लो शिव मूर्तिको निर्माण हिलटेक समूहकै पहलमा सम्पन्न भएको हो । यी धार्मिक संरचनाहरूले स्थानीय पर्यटन र अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पारिरहेका छन् ।

 

समूहका अध्यक्ष कमल जैनका अनुसार, ‘यी सबै योगदानहरू भगवान् पशुपतिनाथको आशीर्वाद र सम्पूर्ण नेपाली दाजुभाइ–बहिनीहरूको सहकार्यले अझ प्रेरणादायी बन्ने विश्वास लिएको छु ।’

 

हिलटेक समूहको पछिल्लो सहयोगलाई सामाजिक उत्तरदायित्वको उदाहरणीय नमूना मानिएको छ । समूहले आगामी दिनहरूमा पनि राष्ट्र निर्माणमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार