बिना बिलका सामान खरिदबिक्री नगर्न प्रहरीको अनुरोध

२०८२ असोज ०१ बुधवार
सारांश
  • व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी तोडफोड गरी लुटपाट भएका छन् ।

काठमाडौं: प्रहरीले बिना बिलका सामान खरिदबिक्री नगर्न अनुरोध गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गर्दै बिल बिनाका सामान किनबेच नगर्न अनुरोध गरेका हुन् ।

 

जेनजी आन्दोलनक क्रममा भदौ २३ र २४ गते उपत्यकालगायत  देशका विभिन्न ठाउँमा सरकारी कार्यालय,बैंक वित्तीय संस्थाहरू,व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी तोडफोड गरी लुटपाट भएका छन् । 

 

आन्दोलनका क्रममा सुन, चाँदी, हिरालगायत बहुमूल्य सरसामान समेत लुटिएका र त्यस्ता सामान बिक्री गर्न आउनसक्ने भन्दै बिना बिलका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ ।

 

लुटिएका सामानहरू खरिद गरेको पाइएमा त्यस्ता व्यक्तिमाथि कडा कारवाही हुने प्रहरीले चेतावनी समेत दिएको छ । साथै प्रहरीले लुटिएका सामान बिक्री गर्न आएमा प्रहरीलाई तुरून्त खबर गर्न पनि आग्रह गरेको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार