राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा

२०८२ असोज ०१ बुधवार
सारांश
  • नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् ।

काठमाडौँ, १ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले  राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् ।

 

सुशान्त प्रधानसँगको पोडकाष्टमा गभर्नर पौडेलले यसक्रममा बैंकमा रहेको ५ करोड नगद र करिब १८ किलो सुन लुटपाट भएको बताएका हुन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेपछि सँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको थियो ।

 

गभर्नर पौडेलले सार्वजनिक रूपमा मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार