अर्थमन्त्री खनालबाट आगजनी भएको भाटभटेनीको कोटेश्वर शाखा अवलोकन

२०८२ भाद्र ३१ मङ्गलवार
सारांश
  • हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।'

काठमाडौँ: अर्थमन्त्री रामेश्वर खनालले आगजनीबाट प्रभावित भाटभटेनीको कोटेश्वर शाखा अवलोकन गरेका छन् ।

 

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आजगनी गरेपछि ध्वस्त भएको भाटभटेनीको कोटेश्वर शाखाको अनुगमन गर्दै अर्थमन्त्री खनालले दृढता र हौसला मिलेको भाटभटेनीले जनाएको छ । भाटभटेनीले भनेको छ- अर्थमन्त्री खनालको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ । भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।'

 

अर्थमन्त्री खनालले आजै थापाथलीस्थित सिजी शो रुमको पनि अनुगमन गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार