- मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन् ।
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् ।
मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामी सेवा दिन तयार छौं, सुरक्षाको कुरा क्लियर हुनुपर्छ । सरकारलाई अनुरोध गर्दछु जलेकै ठाउँबाट सेवा दिनुपर्छ । चाडपर्वको समयमा जनताको ध्यान सार्वजनिक यातायात क्षेत्रमा नै हुन्छ । त्यसकारण गाडी आवतजावत गर्ने सहज वातावरण बनाउनुपर्छ ।’
उनले सडक विभाग मुग्लिङका खाल्डाखुल्डी पुर्न जानुपर्ने भन्दै दाउन्नेमा केही हेभी इक्युमेन्ट राख्नुपर्ने सुझाव दिए ।
उनले चाडपर्वको समयमा सार्वजनिक यातायातका टिकट काट्न गाह्रो हुने भन्दै अहिले घर जान मिल्नेहरु गइहाल्न अनुरोध गरे ।
‘हामी संयमित र जिम्मेवार छौं । हामीले विषम परिस्थितीमा पार लगाएका छौं । यस पटक पनि पार लगाउँछौ । यतिबेला गाडीहरु खाली छन् । काम नभएका आन्दोलनबाट प्रभावित भएका जान मिल्नेहरु अहिले गइदिनुहो भन्न चाहन्छु,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।