काठमाडौं महानगर ३२ वडाको सेवा अस्थायी रुपमा बन्द

२०८२ भाद्र ३० सोमवार
सारांश
  • वडा कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएको जनाउँदै त्यसबाट भवन, फर्निचर तथा कार्यालय उपकरणमा गम्भीर क्षति पुगेको जानकारी दिएको छ ।

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयबाट प्रदान गरिँदै आएका नियमित सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ ।

 

वडा कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएको जनाउँदै त्यसबाट भवन, फर्निचर तथा कार्यालय उपकरणमा गम्भीर क्षति पुगेको जानकारी दिएको छ ।

 

हाल सो क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा नयाँ उपकरण जडानको कार्य तदारुकताका साथ भइरहेको जनाइएको छ ।

 

वडा कार्यालयले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ भने सेवाग्राहीहरूलाई यसबाट असुविधा भएकोमा क्षमा प्रकट गरेको छ ।

 

वडाले सेवा पुनः सञ्चालनसम्बन्धी सूचना समयमै सार्वजनिक गरिने पनि जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार