रामेश्वर खनाल अर्थमन्त्री बन्दै

२०८२ भाद्र २९ आइतवार
सारांश
  • प्रधानमन्त्री कार्कीले खनाल बाहेक कुलमान घिसिङलाई पनि मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

काठमाडौँ: पुर्व अर्थसचिव रहेका रामेश्वर खनाल नयाँ अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा खनाललाई अर्थमन्त्री बनाउने निश्चित भएको हो ।

 

खानालले अघिल्लो सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको नेतृत्व गर्दै ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए ।

 

आयोगले कात्तिक ७ गतेदेखि काम सुरू गरी पाँच महिना लगाएर प्रतिवेदन तयार पार्दै सरकारलाई अर्थतन्त्र सुधारका नीतिगत सुझाव दिएको थियो ।

 

प्रधानमन्त्री कार्कीले खनाल बाहेक कुलमान घिसिङलाई पनि मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

 

नेपालको संबिधान अनुसार २५ जनासम्म मन्त्री बनाउन सकिने भएपनि कार्कीले ६ महिनामा आफ्नो कार्यभार सम्पन्न गर्ने बताइसकेकाले सानो तर विज्ञहरुको मन्त्रिपरिषद बनाउन लागेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार