- भिडियो सन्देशमा भट्टराईले पार्टीको नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्ने बताउदै एमाले अब पहिला जस्तो नरहने बताएका छन्
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन गर्ने बताएका छन् । शनिबार भिडियो सन्देशमार्फत पार्टीलाई पुनर्गठन गर्ने बताउदै सबै कार्यकर्तालाई भरोसा गर्न आग्रह गरेका हुन् ।
भिडियो सन्देशमा भट्टराईले पार्टीको नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्ने बताउदै एमाले अब पहिला जस्तो नरहने बताएका छन् । उनले भनेका छन्- 'पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्नेछ । त्यो पुनर्गठन गर्छौं । अब एमाले हिजोजस्तो रहँदैन, नयाँ हुन्छ । जनमुखी, युवामैत्री हुन्छ ।'
साथै भट्टराईले जेनजी युवाहरुका माग संबिधान र संसद भित्रबाट गरिनुपर्नेमा त्यसो नगरिएको र यो सहि निकास नभएको बताएका छन् । अहिलेको संसदबाटै प्रधानमन्त्री बनाउन सकिने थियो भन्दै त्यसो नगरेर संसद विघटन गरिएको उनले बताए ।
साथै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’