नख्खु जेलबाट भागेका टक्ला पक्राउ

२०८२ भाद्र २६ बिहीवार
सारांश
  • उनले नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएसँगै निस्किएका थिए ।

काठमाडौँ: जेनजी प्रदर्शनका क्रममा नक्खु जेलबाट फरार सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार मंगलटार क्षेत्रीय प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पूर्वराज्यमन्त्री समेत रहेका साहले जनकपुरको रमणन्द चौकमा २०६९ सालमा भएको बम विस्फोट प्रकरणका मुख्य अभियुक्तका रूपमा जन्मकैदको सजाय भोगिरहेका छन् । यो विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । साथै, रेडियो टुडे का सञ्चालक अरुण सिङानियाको हत्या प्रकरणमा समेत उनी मुख्य योजनाकार समेत रहेको पुष्टि भएको थियो ।

 

हालसम्म १२ वर्ष जेल सजाय भोगिसकेका उनले नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएसँगै निस्किएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार