इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने

२०८२ भाद्र २६ बिहीवार
सारांश
  • सबै पक्षबाट मनन गरी सहज रुपमा लिई सम्पदा सरक्षण गर्न समेत गुठी संस्थानले आग्रह गरेको छ ।

काठमाडौँ: इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने भएको छ ।

 

मुलुकको विषम परिस्थितिको कारण  सुरक्षा चुनौती र मानवीय सम्वेदनशीलतालाई  हृदयांगम गरी विधिपुर्वक क्षमापूजा गरी कुमारी, गणेश र भैरवको रथयात्रा नगराईकन पर्वको बाँकी कार्य सम्पन गरिने गुठी संस्थान कार्यालयले जनाएको छ।

यस अवस्थालाई सम्बद्ध सबै पक्षबाट मनन गरी सहज रुपमा लिई सम्पदा सरक्षण गर्न समेत गुठी संस्थानले आग्रह गरेको छ ।

 

यसअघि भदौ १९ ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिएको थियो भने भदौ २१ गते भाद्र शुक्ल चतुर्दशीका दिन विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार