त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजे सम्म बन्द हुने

२०८२ भाद्र २५ बुधवार
सारांश
  • बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराहन्नसम्म बन्द हुने भएको छ ।

काठमाडौँ, २५ भाद्र । बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराहन्नसम्म बन्द हुने भएको छ ।

 

मंगलबार दिनको साँढे २ बजेदेखि बन्द गरिएको विमानस्थल दिउसो १२ बजेसम्म बन्द हुने र त्यसपछि खुलाउने तयारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गरेको हो । कार्यालयले विमानस्थल वरपर धुँवा देखिएपछि जहाजको सुरक्षमा असर पर्ने देखिएपछि दिउसो साढे २ बजेदेखि बन्द गरेको थियो ।

 

त्यस्तै आन्तरिक विमान कम्पनि अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने उल्लेख गरेको छ । बुद्ध एयरले मंगलबारका सब्वाई उडान रद्ध गरेको थियो ।

 

आर्टको तर्फ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाउदै उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको समेत स्पष्ट गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार