- नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको छ ।
काठमाडौँ: नेपाली सेनाले आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै जेनजी नेतृत्वको आन्दोलनका क्रम सुरक्षाकर्मीहरुबाट लुटिएका, फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको छ ।
साथै सेनाले संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्न समेत आग्रह गरेको छ । साथै नेपाली सेनाले हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
सेनाको अनुरोध:
'जेनजी' नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ । साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्नुहुन समेत अनुरोध छ । साथै, उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध गरिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’