पुस्ताकै न्याय मर्यो, आस्थाको शीर ढल्यो भन्दै अधिवक्ताहरू आक्रोशित
२०८२ भाद्र २५ बुधवार
- घटनापछि नेपाल न्यूज बैंकसँग कुरा गर्दै सर्वोच्च अदालतका अधिवक्ता भरत कुमार घिमिरेले गहिरो पीडा व्यक्त गरे ।
काठमाडौं: सर्वोच्च अदालतको भवनमा मंगलबार भएको आगजनीपछि त्यहाँ रहेका महत्वपूर्ण कानुनी फाइलहरू न्याय परिषद्को भवनमा सारिने प्रक्रिया सुरु गरिएको छ ।
जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतमा आगो लगाइएको घटनाले न्याय क्षेत्रलाई ठूलो क्षति पु¥याएको छ ।
घटनापछि नेपाल न्यूज बैंकसँग कुरा गर्दै सर्वोच्च अदालतका अधिवक्ता भरत कुमार घिमिरेले गहिरो पीडा व्यक्त गरे ।
उनले भने, ‘न्याय मर्यो, पुस्ताकै न्याय मर्यो, शताब्दिकै न्याय मर्यो । आस्थाको धरोहर ढल्यो, आस्थाको शीर ढल्यो । सर्वोच्च अदालत अन्तिम न्याय दिने संस्था हो । अब त्यो भग्नावशेष अवस्थामा पुगेको छ । हाम्रो पुस्तालाई अध्यारोतर्फ धकेलिएको छ ।’
सर्वोच्च अदालतकी अर्की अधिवक्ता मञ्जु दासीले पनि न्यायालयमा भएको विध्वंसप्रति आक्रोश व्यक्त गरिन् ।
उनले भनिन्, ‘हामी भ्रष्टाचारबाट आक्रान्त थियौं । त्यसबाट मुक्ति चाहन्थ्यौं । तर यो मुक्ति होइन, यो त न्यायको हत्या हो । हाम्रो धरोहर र सम्पदामाथिको यो प्रहार स्वीकार्य छैन ।’
मंगलबार जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतको पूरै भवन जलाएका थिए । तर जेनजी भनिएका आन्दोलनकारीहरुले प्रदर्शनमा घुसपैठ भएको र आगजनी भएको बताउँदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’